Home » के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?
विभिन्न टिप्सहरु

के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकका सक्रिय फेसबुक प्रयोगकर्ता झण्डै ३ अर्ब छन् । नेपालमा पनि दिनहुँ फेसबुकका प्रयोगकर्ता बढिरहेका छन् । प्रयाेगकर्ता बढिरहँदा कतिपयलाई आफ्नो गोपनीयता जोगाउने चिन्ता छ । यद्यपि प्रयोगकर्ताका लागि आफ्नो इच्छाअनुसार प्राइभेसी सेटिङका विकल्प यहाँ नभएका हाेइनन् ।

यसैबीच धेरै प्रयाेगकर्ताले साेधिरहने एउटा प्रश्न हाे, के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?

यस्ताे प्रश्न साेध्ने प्रयाेगकर्ताका लागि फेसबुकले दिने उत्तर हाे, ‘मिल्दैन‘ ।

वास्तवमा तपाईंले फेसबुकमा आफ्नो फोटो पब्लिक वा अरूले देख्ने गरी पाेस्ट गर्नुभएकाे छ भने जाेसुकैले फोटो सेभ, स्क्रिनशट वा डाउनलोड गर्न सक्छन् । हालकाे प्रोफाइल र कभर फोटो ‘वन्ली मी’ अप्सनमा राख्दासमेत अन्यले स्किनशट लिएर फाेटाे सेभ गर्न सक्छन् ।

तर फेसबुकमा अन्य फाेटाे कसैले सेभ नगरोस् भन्ने चाहना छ भने तपाईंसँग एउटै विकल्प हो ‘वन्ली मी’ । याे विकल्प प्रयाेग गर्दा आफ्ना नजिकका साथीले समेत तपाईंकाे फाेटाे हेर्न पाउँदैनन् ।

निश्चित साथीले मात्रै फाेटाे हेर्न सकाेस् भन्नका लागि आफ्नो फेसबुक प्रोफाइलमा गएर फाेटाे वा एल्बमकाे दायाँतर्फ रहेकाे थ्री डट (…) आइकनभित्र ‘एडिट प्राइभेसी’ वा ‘एडिट पाेस्ट अडियन्स’ फिचर प्रयाेग गर्न सक्नुहुन्छ । याे फिचर प्रयाेग गरेर तपाईं कम्तीमा फेसबुकमा साथी नभएका व्यक्तिहरुबाट जाेगिन भने सक्नुहुन्छ ।

फाेटाे पब्लिक गर्न चाहनुभएकाे छैन भने याे फिचरकाे प्रयाेग गरी आफ्ना फेसबुक साथीका लागि मात्रै, निश्चित व्यक्तिबाहेक अन्य सबै साथीका लागि वा निश्चित साथीहरूका लागि मात्र फाेटाे भिजिबल गर्न सक्नुहुन्छ ।

About the author

suresh

Add Comment

Click here to post a comment